काठमाडौं - मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । विरानगरकी ५० वर्षिया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमित महिलामा ज्वरो, खोकी र स्वासप्रस्वासको समस्या देखिएको थियो । विराटनगरस्थित न्यूरो अस्पतालवाट हिजो मात्रै उनलाई धरानमा भर्ना गरिएको थियो ।

संक्रमित महिलामा मुटुको समेत समस्या रहेको अस्पतालले जनाएको छ । उनको आइतबार बिहान मृत्यु भएको र नियमअनुसार शवको व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।