नेपालमा झन् बढ्दै भ्रष्टाचार, सुशासन सूचकांकमा खस्कियो ४ स्थान
काठमाडौं - ट्रान्सपरेन्सी इन्टरनेशनलले नेपालमा झन् भ्रष्टाचार बढेको देखाएको छ ।
भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक अनुसार नेपाल गत वर्षभन्दा ४ स्थान खस्किएको छ । गत वर्ष ३४ अंकसहित नेपाल ११३औं स्थानमा थियो । तर, यो वर्ष नेपाल ३३अंकसहित ११७औं स्थानमा पुगेको छ ।
सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अति भ्रष्टाचार रहेको जनाउँछ । सूचकांकअनुसार न्युजिल्यान्ड र डेनमार्क समान ८८ अंकसहित सुशासन कायम राख्ने मुुलुकहरुमध्ये पहिलो स्थानमा रहन सफल भएका छन् भने साउथ सुडान र सोमालिया १२ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रुपमा सूचीकृत भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस