काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक डाकेका छन् ।

आज साँझ साढे ५ बजे बस्नेगरि उनले बैठक डाकेका हुन् । सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तरंग पैदा भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । सो सम्बन्धमा छलफल गर्नको लागि प्रधानमन्त्री ओलीले आज सचिवालय बैठक डाकेको बुझिएको छ ।