संसद् बैठकमा सभामुख सापकोटा उपस्थित नहुने आशंका
काठमाडौं - प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुने आशंका गरिएको छ ।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसी १ बजेका लागि बोलाइएको छ । सो बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेस हुने भएपछि सभामुख सापकोटा अनुपस्थित हुने सत्तारुढ नेपाली कांग्रेसले आशंका गरेको हो ।
माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने अडान राखेपछि माओवादीका पूर्वनेतासमेत रहेका सापकोटा बैठकमा उपस्थित नहुने आशंका गरिएको छ ।
माओवादीका नेतासमेत रहेका अर्थमन्त्री जनार्दन शर्मा पनि एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी नहुने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् । अर्थमन्त्री शर्मा बैठकमा सहभागी नहुने भएपछि अब सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस