काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन १ गतेसम्ममा सबै केन्द्रीय सदस्यले आफू र आफ्नो परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनुपर्ने र जीवननिर्वाहको स्रोत खुलाउनुपर्ने प्रस्ताव राखेका छन्।

माओवादी केन्द्रमा ४०९ जना पूर्ण केन्द्रीय सदस्य र २०५ जना वैकल्पिक केन्द्रीय सदस्य छन्। उनले संविधानसभाबाट संविधान निर्माण गर्ने क्रममा आफ्नो पार्टीले राखेको फरक मतलाई नै संविधान संशोधनको विषय बनाउने बताएका छन्। 

आगामी माघसम्ममा सबै स्थानीय सम्मेलन गर्ने तथा पार्टीका सङ्घ र प्रदेश सांसदको भूमिकालाई अझ प्रभावकारी बनाउन पनि उनले निर्देशन दिए। अध्यक्ष प्रचण्डले पार्टीका मधेशसँग सम्बन्धित समस्या हल गर्दै ‘मिसन २०८४ अभियान’ कार्यान्वयनमा जोड दिए।