क्वारेन्टिनमा सामूहिक बलात्कारबारे अनुसन्धान शुरु
लम्की - कैलालीको क्वारेन्टिनमा महिलामाथि सामूहिक बलात्कार भएको घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । लम्कीचुहा नगरपालिका– १ स्थित शहीद स्मृति माध्यामिक विद्यालयमको क्वारेन्टाइनमा बसेकी महिलामाथि जबरजस्ती करणी आरोप लागेका लम्कीकै तीन जना युवाविरुद्ध पीडित महिलाले जाहेरी दर्ता गरेसँगै उनीहरूविरुद्ध थुनामा राखी थप अनुसन्धानका लागि म्याद थपको तयारी प्रहरीले गरेको छ ।
पीडित महिलाले दिएको किटानी जाहेरीका आधारमा आरोपी तीन जना युवालाई हिजो पक्राउ गरी जबरजस्ती करणी आरोपमा अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको कैलालीका प्रहरी नायब निरीक्षक तथा प्रवक्ता प्रतीक विष्टले जानकारी दिएका छन् ।
क्वारेन्टिन व्यवस्थापनमा स्वयंसेवकका रुपमा कार्यरत २२ वर्षीय किशोर परियार, स्वयंसेवककै रुपमा खटिएका अरु दुई जना २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको विष्टले जानकारी दिए ।
भारतको बैंग्लोरबाट आएकी महिला क्वारेन्टिनमा बस्दै आएकी थिइन् । शनिबार राति क्वारेन्टाइन व्यवस्थापनमा खटिएकै युवाले आफूमाथि सामुहिक बलात्कार गर्नुका साथै भिडियो बनाई पैसासमेत मागेको पीडित महिलाको आरोप छ ।
फेसबुक पेज Like गर्नुहोस