संघीय संसदको अधिवेशन सुरू
खबर एक्सप्रेस
२०८०-०१-२४ ०४:५१ मा प्रकाशित
Total Shares: 66
काठमाडौं-संघीय संसदको अधिवेशन सुरु भएको छ । राष्ट्रिय सभाको चौथो र प्रतिनिधिसभाको दोस्रो अधिवेशन सुरु भएको हो ।
संघीय संसद भवनमा दुवै सदनको अधिवेशन सुरु भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्न्द्र पौडेलको आह्वानमा दुवै सदनको अधिवेशन सुरु भएको हो ।
प्रनिधिसभाको अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै बोल्न केही सांसदहरुले उठेर माग गरेका थिए । तर, सभामुख देवराज घिमिरेले अधिवेशन सुरु भएको जानकारीपछि समय दिने बताए । यसपछि सांसदहरु बसेका थिए ।
यसपछि सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र वाचन गरेर सुनाए । प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक चलिरहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस