काठमाडौं  - परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री डा. सुब्रमन्यम जयशंकरबीच कोभिड १९ को संकट नियन्त्रणका लागि सीमा नाकामा प्रभावकारी उपय व्यवस्थापन गर्नुपर्नेमा दुवै देशले ध्यान दिने सहमति भएको छ । 

कोरोना भाइरससँग लड्न आवश्यक सहकार्यका विषयमा शुक्रवार भएको टेलिफोन वार्तामा दुई देशका विदेशमन्त्रीले सीमा नाकाबाट हुने जोखिम न्यूनीकरण गर्न कडा सुरक्षा र स्वास्थ्य परीक्षण तथा सुरक्षा सतर्कता बढाउने सहमति भएको हो । 

दुई देशले कोरोना भाइरससँग लड्न आगामी दिनमा गर्ने सहकार्य बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

गोरखापत्र दैनिकबाट