बार्सिलोनाको मैदानमा पीएसजीको सानदार जित, एमबाप्पेको ह्याट्रिक
काठमाडौं,एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा सानदार जित हात पारेको छ ।
च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ चरणको पहिलो लेगमा पिएसजीले गएराति बार्सिलोनालाई उसकै मैदानमा ४-१ले पराजित गरेको हो । पिएसजीको जितमा कीलियन एमबाप्पेले सानदार ह्याट्रिक गरे भने मोइस किनले अर्को गोल थपे । कप्तान लिओनेल मेस्सीले एक गोल गरे ।
खेलको २७ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए । ६५ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-१को अग्रता दिलाए । ७० औं मिनेटमा मोइस किनले गोल गरेपछि पीएसजी ३-१ ले अघि बढ्यो । खेलको ८५ औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गरे भने पीएसजीलाई ४-१को जित दिलाए ।
अब पिएसजी र बार्सिलोनाबीच दोस्रो लेगको खेल १० मार्चमा पेरिसमा हुनेछ । उक्त खेलमा ब्राजिलियन सुपरस्टार नेयमार पनि उपलब्ध हुने सम्भावना छ । पीएसजीको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस