काठमाडौं - लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कार्यालयमा आइतबार अपराह्न मन्त्रीहरूले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका हुन्।

माओवादी केन्द्रबाट शहरी विकासमन्त्री बनेकी कृष्ण केसी र नेपाली कांग्रेसबाट उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका रोज राणाले प्रदेश प्रमुखबाट आइतवार बुटवलमा सपथ लिएका हुन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार उनीहरूलाई मन्त्री बनाएका थिए। केसी बाँके क्षेत्र नम्बर  १ र थापा प्युठान प्रदेशसभा २ बाट विजयी भएका थिए।