काठमाडौं - धनुषामा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्य भएको छ । धनुषाको धनौजी गाउँपालिका वडा– ३ कटैया निवासी ६५ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु हो ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार उक्त पुरुष साउन २६ गते अस्पताल भर्ना भएका थिए । कोरोनाको आशंका गरेपछि सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

निमोनियाबाट ग्रसित ती पुरुषलाई ३१ साउनकै राति सास फेर्न समस्या भएपछि आईसीयुमा भर्ना गरिएको थियो । 

धनुषामा हालसम्म कोराना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।