चितवन - नेकपाका बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निणर्यमा प्रधानमन्त्री ओलीले सर्वसम्मत मान्नेमा आफु विश्वस्त रहेको नेकपामा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बताएका छन् ।

प्रचण्डले भने “आफु दुई अध्यक्ष मिलेर बसेको बैंठकलाई उहाँले अवज्ञा गर्न नहुने प्रचण्डको विश्वास छ” । साथै उनले फेरि भने “उहाँले नमानेमा के भन्नेतिर म अहिले जान चाहन्नँ” ।

तर प्रधानमन्त्रीले त अर्थमन्त्री डा. युवराज खतिवडालाई दोहोर्याथउन चाहनु भएको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने पनि छैन । हाम्रो अहिलेको संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि राष्ट्रियसभामा नगएपनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ ।’