लकडाउनको अवधि १२ दिन थप्ने मन्त्रीपरिषद्को निर्णय, वैशाख १५ सम्म लम्बियो लकडाउन
खबर एक्सप्रेस
२०७७-०१-०२ ०३:११ मा प्रकाशित
Total Shares: 542
काठमाडौं - सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९ं)को महामारी रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनलाई वैशाख १५ गतेसम्म गर्ने निर्णय गरेको हाे ।
सरकारले यसअघि नै वैशाख १८ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस