प्रतिनिधिसभामा एमाले सांसदहरुकाे नाराबाजी
खबर एक्सप्रेस
२०८०-०४-२४ ०१:३७ मा प्रकाशित
Total Shares: 105
काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको आजको बैठकमा अवरोध गरेको छ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको एमाले सांसदहरूले नाराबाजीसहित वेल घेराउ गरेका छन्।
बैठक सुरु हुनेबित्तिकै एमालेले समय लिएर बोलेको थियो । पार्टीको तर्फबाट सूर्यबहादुर थापा क्षेत्रीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने बताए ।
उनी बोलिरहँदा नेपाली कांग्रेसका सांसदहरु उठेर विरोध जनाएका थिए । त्यसपछि एमालेले वेल घेराउ गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस