काठमाडौं - नेपाल एसबिआई बैंक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) बाट सम्मानित भएको छ । बैंकलाई आईक्यानले वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ बाट सम्मानित भएको हो । बैंकले बैंकिङ क्षेत्रतर्फको ब्रोन्ज अवार्ड प्राप्त गरेको हो ।

उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले प्रदान गरेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई अवार्ड हस्तान्तरण गरेका थिए ।