काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १७१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६६ हजार ८५९ जना स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३० छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या २ हजार ४ सय रहेको छ ।