आज यी नदीमा आउनसक्छ बाढी
खबर एक्सप्रेस
२०७८-०५-०१ ०८:४२ मा प्रकाशित
Total Shares: 500
काठमाडौं - मनसुनी वर्षा जारी रहेकाले देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेको छ।
आइतबार बाढी पूर्वानुमान महाशाखाले कहाँ-कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज कमला, बागमती, पूर्वी राप्ती, तिनाउ,पश्चिम राप्ती,बबई लगायतका मझौला नदीहरुमा बहाव बढ्ने सक्ने सम्भावना रहेको छ ।
साथै, नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बाढी महाशाखाले जारी गरेको सूचना:-
फेसबुक पेज Like गर्नुहोस