बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३१ बेपत्ता
काठमाडौं - एकहप्तासम्मको अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानमा परी अहिलेसम्म ८८ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार ३१ जना अझै बेपत्ता छन् । ३३६६ जना भन्दा बढीको उद्धार भएको जनाइएको छ । सबैभन्दा बढी असर परेको रौतहटमा अझै पनि उद्धारको काम जारी छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार ४१ जना घाइते भएकामा ११ जना अस्पतालमै उपचाररत रहेका छन् । बाँकी भने घर फर्किसकेका छन् ।
प्रहरीले तथ्याङ्क संकलन र राहत वितरण कार्य तिव्ररुपमा भइरहेको जनाएको छ । बुधबारमात्रै अवस्था बुझ्न हेलिकोप्टरको प्रयोग गरी गएका गृहमन्त्री रामबहादुर थापा बादल लगायतको मन्त्रीपरिषदको टोली पीडितसामु समेत नपुगी सैन्य ब्यारेक पुगेर फर्केपछि भने पीडितले आक्रोश पोखेका छन् ।
प्रदेश २ मा गएको उक्त टोली खराव मौसमका कारण पीडित सामु पुग्न नसकेको बताइए पनि ढिला जाने तर पीडितसम्म समेत नपुग्ने मन्त्रीहरुदेखि उनीहरु रिसाएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस