काठमाडौं - बेलायतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो समय १ लाखभन्दा बढी कोरोना संक्रमित एकैदिन पुष्टि भएपछि सरकारले चिन्ता व्यक्त गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बेलायतमा पछिल्लो एकदिनमा १ लाख १९ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण थप १४७ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म १ लाख ४७ हजार ७२० जनाको मृत्यु भएको छ ।

त्यस्तै सक्रिय कोरोना संक्रमितको संख्या १६ लाख ५८ हजारभन्दा बढी रहेको छ ।

जसमध्ये ८७९ जनाको अवस्था गम्भीर रहेको छ । काेराेना तीब्र रूपमा फैलिएपछि  क्रिसमस तथा नयाँ वर्षमा निषेधाज्ञा लगाउने वा नलगाउनेबारे छलफल भइरहेको बताइएकाे छ ।