नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
खबर एक्सप्रेस
२०७८-०४-२२ ०५:३२ मा प्रकाशित
Total Shares: 246
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३७२९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २४३० र एन्टिजेन विधिबाट १२९९ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख १० हजार ५०९ र एन्टिजेनबाट ६७ हजार ८० जना पुगेको छ ।
यस्तै, आज थप १८८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ जना पुगेको छ । निको हुनेको दर ९३.७ प्रतिशत छ ।
आज संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार १९ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस