सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट
काठमाडौं - सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।
प्रतिपक्षी नेकपा एमालेकाे नारावाजी र अवरोधका बाबजुद अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको जानकारी दिएका हुन् ।
अर्थमन्त्री शर्माका अनुसार कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात् (२३.१६ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात् (११.६० प्रतिशत) र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात् (२३.७२ प्रतिशत) रहेको छ ।
यसअघि केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।
फेसबुक पेज Like गर्नुहोस