काठमाडौं - सरकारले अत्यावश्यक कामबाहेक सार्वजनिक यातायातमा यात्रा नगर्न आग्रह गरेको छ ।

मंगलबारको नियमित प्रेस ब्रिफिङ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सार्वजनिक यातायातको यात्रालाई पहिलेकै जस्तो नबुझ्न आग्रह गर्दै अत्यावश्यक कामको लागि मात्र प्रयोग गर्न सुझाएका हुन् । उनले यात्रा गर्दा हरेक यात्रुले कम्तिमा तोकिएको भौतिक दूरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न र हातको सरसफाइमा ध्यान दिन पनि आग्रह गरेका छन् ।

यस्तै, आफूलाई कोरोना संक्रमण भएको, संक्रमणको शंका लागेको वा त्यससम्बन्धि मिल्दोजुल्दो लक्षण देखिएको अवस्थामा यात्रा नगरिदिन मन्त्रालयले अनुरोधसमेत गरेको छ ।