धनगढी - कैलालीको गोदावरी नगरपालिका–६ लालपुरबाट लागुऔषध (हेरोइन) जस्तो देखिने पदार्थसहित दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लालपुरका २७ वर्षीय प्रकाश चोखाल र १९ वर्षीय अविषेक चौधरी रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरो धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ करिब ५ः३० बजे चोखालको घरमा छापा मार्दा उनीहरूलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा फेला पारेको हो ।
चोखालको घरकोठाबाट शुद्ध तौल ३ ग्राम ३४० मिलिग्राम लागुऔषध (हेरोइन) जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको मालाखेती प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरो धनगढीबाट प्रहरी सहायक हवल्दार प्रकाश जोशी र इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट प्रहरी हवल्दार रमेश ऐरको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको प्रहरीले जनाएको छ।

.gif)


