काठमाडौं - बलिउड अभिनेता अक्षयकुमार अभिनीत चलचित्र ‘बेल बटम’ मा भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा अभिनेत्री लारा दत्त देखिएकी छन् ।

अगस्ट १९ बाट भारतीय बक्सअफिसमा सार्वजनिक हुन लागेको यो चलचित्रको ट्रेलर पनि सार्वजनिक गरिएको छ । दर्शकले ट्रेलरलाई निकै रुचाइएको जनाउँदै निर्माण पक्षले चलचित्रमा भारतकी पूर्वप्रधानमन्त्री गान्धीको भूमिका अभिनेत्री लाराले निर्वाह गरेको जनाएको छ । यो चलचित्रमा इन्दिराको भूमिकामा लारा निकै मिहिनेतका साथ काम गरेको जनाइएको छ । तर, ट्रेलर हेर्दा कमै मात्रले लारालाई चिन्न सक्छन् । चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री लाराले स्क्रिप्ट नै नसुनी आफूले यो भूमिकाका लागि हुन्छ भनेको सुनाइन् ।

लाराले भनिन्, ‘एक चर्चित व्यक्तिलाई पर्दामा उतार्नु सामान्य काम थिएन । चलचित्रमा एक प्लेन अपहरणको कथालाई प्रस्तुत गरिएको छ, जुन इन्दिरा गान्धीको कार्यकालमा भएको थियो । यो काम गर्न सहज थिएन तर मलाई निकै मज्जा लाग्यो । यसको पछाडि निकै ठूलो मिहिनेत र रिसर्चले काम गरेको छ, तर यो मौका जीवन नै परिवर्तन गर्ने खालको थियो, यसका लागि म आभारी छु ।’ चलचित्रमा सन् १९८४ मा भएको जाहाज अपहरणको घटनालाई प्रस्तुत गरिएको छ ।