त्रिविको ५१औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 14
काठमाडौं - त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज हुँदैछ ।
विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको हो ।
समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।
टोकियो विश्वविद्यालयमा आबद्ध उनलाई सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस