प्रधानमन्त्रीद्वारा ऐतिहासिक धरहराको उद्घाटन
खबर एक्सप्रेस
२०७८-०१-११ १२:१४ मा प्रकाशित
Total Shares: 701
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उदघाटन गरेका छन् ।
धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको २० औँ तलाबाट पुष्प वृष्टि गर्दै औपचारिक रुपमा धरहराको उद्घाटन गरेका हुन् ।
नवनिर्मित धरहरा २२ तल्लाको छ । पुरानो धरहरा ९ तल्लाको थियो । धरहराको निर्माण लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ । धरहरा टावरको निर्माण सम्पन्न भए पनि यससँगैका अन्य संरचनाहरु भने निर्माणाधिन छन् ।
नयाँ धरहरा आज उद्घाटन गरिए पनि तत्काल सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छैन ।
फेसबुक पेज Like गर्नुहोस