केन्यामा कोरोना कहरः दुई महिनाको लागि कर्फ्यु घोषणा
काठमाडौं एजेन्सी - कोरोना संक्रमण नियन्त्रण बाहिर जाने अवस्था आएको भन्दै केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ ।
राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि दुई महिना लम्ब्याइएका हुन्। रातिको समयका लागि मात्रै लगाइएको कर्फ्युको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ । यो कर्फ्यु देशव्यापी हुने अधिकारीहरुले जनाएका छन्।
केन्यामा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा वृद्धि हुँदै गएकाले दुई महिनाको लागि कर्फ्यु लगाइएको राष्ट्रपति केन्याटाले जनाएका छन् ।
केन्यामा अब तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी स्वास्थ्य विज्ञहरुले दिएका छन्। होटल, बार तथा रेस्टुरेन्टहरु राती ९ बजेपछि बन्द गरिसक्न सरकारले निर्देशन दिएको छ।
पूर्वी अफ्रिकी देशहरुमा जस्तै केन्यामा पनि अहिले दिउँसोको समयमा समेत धेरै गतिविधि प्रतिवन्धित छन्। त्यहाँ अन्तर्राष्ट्रिय सीमानाका अहिले पनि बन्द छन् भने विद्यालयहरुमा पनि विदा दिइएको छ । हरेक दिन बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यु लागू गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस