काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनामाथि उसकै मैदानमा २–० को जित हात पारेको हो । 

खेलको ३०औं मिनेटमा जोर्डी अल्वाको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ८३औं मिनेटमा इलाइक्स मोरिवाले गोल गर्दै बार्सिलोनालाई २–० को सहज जित दिलाए  । दुवै गोलमा कप्तान लियोनेल मेस्सीले पास दिएका थिए । 

जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ । दुई खेल कम खेलेको शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ५८ अंक छ ।  एक खेल कम खेलेको रियल म्याड्रिडको ५३ अंक छ । पराजित ओसासुना २८ अंक जोडेर १३ औं स्थानमा छ ।