काठमाडौं, एजेन्सी - बलिउडका चर्चित फिल्म निर्देशक हुन् बोनी कपुर । उनले निर्माण गरेको फिल्म मैदान रिलिजको तयारीमा रहेको छ । उनी आफ्नो फिल्म रिलिज हुने दिनमा अर्को बिग बजेटको फिल्म आरआरआरसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

दक्षिण भारतीय फिल्मका चर्चित निर्देशक एसएस राजमौलीले पनि अक्टोबर २३ मा फिल्म रिलिज गर्ने घोषणा गरेसँगै बोनी कपुर रिसले आगो भएका छन् ।

उनले भनेका छन्,'मैले ६ महिनाअघि देखि नै फिल्म रिलिज गर्ने तयारी गरेको थियो । तर, राजमौलीले मसँग परामर्श नलिई फिल्मको रिलिज डेट तोकेका छन् । यो मर्यादित काम भएन ।'

उनले राजमौलीले जानी जानी फिल्म जुधाउन खोजेको आरोप लगाएका छन् । दुवै फिल्ममा अजय देवगनको भुमिका रहेको छ । अजयले राजमौलीलाई बोनी कपुरसँग सल्लाह गर्न सुझाव दिएका थिए । तर, उनले वेवस्था गरेको बताइएको छ ।