नेपाली बजारमा आज सुनको मूल्य बढ्याे
खबर एक्सप्रेस
२०७८-०४-२८ १२:१३ मा प्रकाशित
Total Shares: 235
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा बिहीबार ६ सयले बढेर ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ९५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार १९० रुपैयाँमा कारोबार भैरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस