काठमाडौं,एजेन्सी - इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति भएको खेलमा सिटीले फुलहमलाई ३–० ले पराजित गरेको हो । 

फुलहमको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ४७औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।

५६औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ६०औं मिनेटमा सर्जियो अगुइरोले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई ३-०को जित दिलाए । चोटका कारण लामो समयपछि मैदान फर्केका अग्युरोले सिटीका लागि १४ महिनापछि गोल गरेका हुन् । 

जितसँगै शीर्षस्थानको सिटीको ३० खेलबाट ७१ अंक पुगेको छ । पराजित फुलहम २६ अंक जोडेर १८औं स्थानमा छ ।