काठमाडौं-प्रहरी प्रधान कार्यालयले ६६२ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफारिस गरेको छ ।

बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ६६२ जना प्रहरी वरिष्ठ हवल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार उनीलाई बढुवा सिफासिको गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।