तिहारले राष्ट्रिय एकतालाई थप सुदृढ गरोस् : राष्ट्रपति
खबर एक्सप्रेस
२०८०-०७-२६ ०९:०५ मा प्रकाशित
Total Shares: 59
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
तिहारको अवसरमा शुभकामना दिँदै उनले सबैमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना गरेका छन्। ‘तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्दछु’ ,उनले जारी गरेको सन्देशमा भनिएको छ।
नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको उनको भनाइ छ।


.gif)



फेसबुक पेज Like गर्नुहोस