गण्डकीका ६ मन्त्रीले लिए शपथ
खबर एक्सप्रेस
२०७८-०४-०८ ०३:१० मा प्रकाशित
Total Shares: 239
काठमाडौं - गण्डकी प्रदेशमा थप ६ मन्त्रीहरुले शपथ लिएका छन् । शुक्रबार दिउँसो गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले मन्त्रीहरुलाई सपथ गराएकी हुन् ।
सपथ लिनेमा कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री, मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री, मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री छन् ।
यस्तै, माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू(संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस