लामिछानेको शपथ रोक्न सर्वोच्चमा रिट
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रवि लामिछानेको सांसद पद खारेजीको मागसहित रिट निवेदन दर्ता भएको छ।
सिन्धुलीका युवराज पौडेलसमेतले बुधबार सर्वोच्च अदालतमा उक्त रिट निवेदन दर्ता गरेका हुन्। सर्वोच्चको संवैधानिक इजलासमा त्यो रिट निवेदनको प्रारम्भिक सुनुवाइका लागि आउँदो पुस ६ गते पेसी तोकिएको छ।
लामिछाने नेपाली नागरिक नरहेको र गैरनेपाली नागरिक प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै रिट निवेदनमा उक्त कानुनी व्यवस्थाविपरीत उम्मेदवारी दिएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको सांसद पद खारेजीको माग गरिएको छ। रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म लामिछानेलाई प्रतिनिधि सभा सदस्यको शपथग्रहण नगर्नरनगराउन तथा सो हैसियतले कामकाज नगर्न नगराउनसमेत अन्तरिम आदेशको माग गरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस