काठमाडौं,एजेन्सी - साविक विजेता जर्मन क्लब बार्यन म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

गएराति भएको अन्तिम १६ को दोस्रो लिगमा इटालियन क्लब लाजियोलाई २-१ ले पराजित गर्दै समग्रमा ६-२ को जितसहित बार्यनले अन्तिम आठकाे यात्रा तय गरेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र इरिक म्याक्सिम चुपो मोटिङले एकएक गोल गरेका थिए भने लाजियोका मार्को पारोलोले एक गोल फर्काए । 

खेलको ३३औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । ७३औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । त्यसपछि ८२औं मिनेटमा लाजियोका पारोलोले गोल गरे पनि हार टार्न सकेनन् । 

पहिलो लेगमा बायर्न लाजियोको मैदानमा ४–१ ले विजयी भएको थियो ।