एजेन्सी - स्पेनिस ला लिग फुटबलमा सेभिया तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा भिया रियलसँग २-२  बराबरी खेल्दै तेस्रो स्थानमा उक्लिएको हो ।

खेलमा घरेलु टोली भिया रियलले १८ औं मिनेटमा पाको अल्केसरको गोलबाट अग्रता लिएको थियो । ३९ औं मिनेटमा सेभियाका सर्जियो एस्कुडोले बराबरी गोल फर्काए ।

घरेलु टोलीले पुन पाउ टोरेसको गोलबाट २–१ को अग्रता बनाएको थियो । तर ६३ औं मिनेटमा मुनिर अल हदादीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीको नतिजसंगै सेभियाले ५३ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लियो । भिया रियल ४८ अंक सहित छैटौं स्थानमा यथावत छ ।