काठमाडौं - सेयर निष्कासन भएको पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा हालसम्म ११ लाख बढीले आवेदन दिएका छन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार शुक्रबार दिउँसो साढे ३ बजेसम्म  ११ लाख २८ हजार ३ सय ८४ जनाले आवेदन दिएका छन् । उनीहरुले १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन कम्पनीले जारी गरेको भन्दा ३.२७ गुणाले बढी हो ।

इन्स्योरेन्सले असार २४ गतेदेखि कूल ६४ लाख ५० हजार कित्ता सेयर जारी गरेको हो । यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । जसमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।