काठमाडौं - राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र राज ओझाले  गैर(कानुनी रूपमा  लिएको रकम फिर्ता गरेको जानकारी प्राप्त भएको छ ।

अर्थ मन्त्रालयको आर्थिक प्रशासन शाखा प्रमुख ओझालाई राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतमा छ महिनाको लागि भनेर सिइओ बनाएर पठाएको थियो । उनको विवादास्पद कार्यले  अर्थ मन्त्रालयलाई समेत तनाव बनाएको छ ।

 सिइओ ओझा भने अनेक चलखेल गरेर सिइओ बनिरहने दाउमा छन् । कम्पनीका कर्माचारीहरुलाई आन्दोलन गर्न लगाएर सिइओ नियुक्ति प्रक्रिया भाड्ने काम ओझाले गरेको बीमा कम्पनी स्रोतले जानकारी दियो ।

ओझा कम्पनीमा आएदेखी कम्पनी हितमा काम गर्ने विगतमा नभएको अडिटको कामलाई सम्पन्न गराउने भन्दा पनि कसरी कमाउने भन्नेमा केन्द्रित छन् । उनी बीमा कम्पनीको काममा भन्दा मन्त्रालयमा बढी समय बिताउछन ।

ओझा नेपाल पुर्नबीमा कम्पनी जे.बि बोडा बीमा तथा पुनः बीमा ब्रोकर प्रा.लि र मुम्बई भारतको संयुक्त आयोजना तथा नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको सहयोगमा नेपालका सम्पूर्ण निर्जिवन बीमा कम्पनी प्रमुख कार्यकारी अधिकृतहरुलाई हवाई टिकट खाना बस्न सुबिधा सहित माल्दिभ्समा लगेको थियो ।

उक्त कार्यक्रममा सहभागी भएर नेपाल फर्किएपछि सिइओ ओझाले पाँच दिनको डिए नियम बिपरित लिएको प्रमाण खबर एक्सप्रेसलाई प्राप्त भएको समाचार प्रकाशित गरेपछि ओझाले अनाधिकृत रूपमा लिएको रकम फिर्ता गरे पनि नैतिकताको आधारमा सिइओ पदबाट राजीनामा दिनु पर्ने हो, तर उनी अझ कसरी म्याद थपेर बस्ने हो भन्ने तिर लागे । अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले ओझालाई राजीनामा दिन सुझाव दिएको तर ओझा अटेरी गरिरहेको र शक्ति केन्द्र धाउने गरेको  भनाइ छ भने मन्त्रालयले हटाउने तयारी गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीका सञ्चालक समितिले पनि सिइओ नियुक्ति प्रक्रिया अघि बढाउन सकेको छैन एक सञ्चालकका अनुसार कम्पनी सचीव सुभास कोइरालाले सिइओ ओझाको निर्देशनमा बैठक बोलाउन आलटाल गरेर बदमासी गरेकाले कम्पनी सचीव पनि परिवर्तन गर्ने बताए  ।

नियम बिपरित कमाउ धन्दामा लागेका सिइओ ओझालाई कहिलेसम्म बीमा कम्पनीमा राख्ने हो ? अर्थ मन्त्रालय र सञ्चालक समिति माथि गम्भीर प्रश्न उठेको छ ।