आलिया बनिन् एसियाकै सुन्दरी
काठमाडौं - बेलायती साप्ताहिकइस्टर्न आईले गरेको सर्वेक्षणको तथ्यांकले बलिउड अभिनेत्री आलिया भट्टलाई एसियाकै सुन्दर महिलाको रुपमा घोषणा गरेको छ।
यो सर्वेक्षणसँगै सन् २०१९ २६ वर्षीया आलियाका लागि सुखद वर्ष भएको टिप्पणी गर्न थालिएको छ। किनभने यही वर्ष आलिया भट्टले अभिनय गरेको बलिउड फिल्म ‘गल्ली ब्वाइ’ २०२० को अस्करका लागि पठाइएको छ।
यही सर्वेक्षणको अघिल्लो वर्षको सबैभन्दा सुन्दर एसियाली महिलाको अभिनेत्री दीपिका पादुकोण भएकी थिइन्। यसपाली भने दीपिका पादुकोण दशककै सुन्दर एसियाली महिला हुन सफल भएकी छन्। सूचीका हिसाबले उनी दोस्रो नम्बरमा छिन्।
इस्टर्नआइकाअनुसार सुन्दर एसियाली महिलाचयनका लागि अनलाइन मतदानका साथै मिडिया कभरेज, सामाजिक सञ्जालका प्लेटफर्म र उनीहरुको प्रभावलाई हेरिएको थियो। लण्डनमा भएको अनलाइन मतदान बुधबार सम्पन्न भएको थियो।
सुन्दर एसियाली महिलाकोसूचीमाबलिउड अभिनेत्री र रियालीटी स्टारकै वर्चश्व छ।
टप १० सुन्दरी -
१. आलिया भट्ट
२.दीपिका पादुकोण
३. हिना खान
४. माहिरा खान
५.सुर्वीन चावला
६.कट्रिना कैफ
७.शिवांगी जोशी
८. निया शर्मा
९. मेविश हयात
१०.प्रियंका चोपडा
फेसबुक पेज Like गर्नुहोस