सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु
खबर एक्सप्रेस
२०८१-०१-०७ ०९:३९ मा प्रकाशित
Total Shares: 132
काठमाडौं - सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ स्थित पिस्कर जान लागेको बा४ ख ५६१६ नम्बरको बस आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुलहासहित ५२ जना घाइते भएको जनाइएको छ । गम्भीर घाइते सात जनालाई सिन्धु अस्पताल पठाइएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस