चीनबाट थप १० लाख मात्रा खोप आइपुग्यो
खबर एक्सप्रेस
२०७८-०७-१० ०४:२९ मा प्रकाशित
Total Shares: 175
काठमाडौं - कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभागका का अनुसार १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको हाे।
सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस