उपनिर्वाचनमा कांग्रेसले खोल्यो खाता, टेकराज निर्विरोध निर्वाचित
खबर एक्सप्रेस
२०८१-०८-०२ ०७:३४ मा प्रकाशित
Total Shares: 77
काठमाडौं - जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
उनीविरुद्ध कसैको पनि उम्मेदवारी नपरेकाले कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गर्ने व्यक्ति अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
भट्टराई पार्टीको जिल्ला कार्यसमितिका पूर्वसचिव तथा महाधिवेशन प्रतिनिधि हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस