राष्ट्रपतिलाई ‘तपाईं’ नभनेकोमा प्रधानमन्त्री ओलीद्वारा देउवाको आलोचना
खबर एक्सप्रेस
२०७८-०२-०८ ०४:३३ मा प्रकाशित
Total Shares: 308
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएका छन् ।
शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरें, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन । तिमी, उनी, यसो गरिन् जस्ता भाषा प्रयोग गरिएको छ ।’
फेसबुक पेज Like गर्नुहोस