काठमाडौं -  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटका नाममा भ्रष्टाचारलाई उन्मुक्ति नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ ।

मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिँदै संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व भएको स्मरण गराउँदै उनले साथ दिइरहँदा अनियमितताको ‘नोटिस’ लिनु अख्तियारको दायित्व भएको स्पष्ट पारेका हुन् ।

ट्विटरमा लेखिएको छ 'अख्तियारलाई स्मृति पत्र’ मा लेखेका छन्, ‘‘संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व हो । साथ दिइरहँदा अनियमितता नोटिसमा लिनु अख्तियारको दायित्व हो । अहोरात्र जारी मिहिनेतलाई प्रोत्साहित गरौं, तर संकटका नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न ।'