यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिबार नेपाल आउने चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा करिब बीसघन्टा बिताउने भएका छन् । शनिबार अपरान्ह भारतको चेन्नेइ हुँदै काठमाडौ आउने राष्ट्रपति सी आइतबार मध्यान्ह स्वदेश फर्कने भ्रमण तालिका तय भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार चिनिया राष्ट्रपतिलाई शनिबार अपरान्ह चार बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम छ । सीलाई सोल्टी होटलमा राखिने छ । चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच शनिबार नै भेटवार्ता हुनेछ ।
सी सोही दिन राष्ट्रपति भण्डारीले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् । आइतबार प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी को उपस्थितीमा उच्तस्तरीय बैठक हुनेछ ।
सो क्रममा आधा दर्जनबढी सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ । केरुङ काठामडौं रेलमार्गका विस्तृत परियोजना प्रतिवेदन, ७६२ मेगावाट क्षमताको तमोर जलविद्युत आयोजना, अद्योगिक पार्कलगायतका परियोजनामा दुई देशबीच छलफल जारी छ । राष्ट्रपति सी आइतबार मध्यान्ह स्वदेश फर्कने कार्यक्रम छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस