अर्थमन्त्री महत र अमेरिकी राजदूत थम्पसनबीच भेट
काठमाडौं - अर्थमन्त्री डा. प्रकाशशरण महत र नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनबीच भेट भएको छ। अर्थमन्त्री महतलाई भेट्न राजदूत थम्सन सोमबार बिहान अर्थमन्त्रालयमा पुगेका हुन्।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर अमेरिकी कुटनीतिज्ञहरुले नेपाल सरकारका मन्त्रीहरुलाई भेट्ने क्रमलाई बढवा दिइरहेका छन्। उनीहरुबीचको छलफल जारी रहेको छ।
थम्पसनले गत बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका थिए। असार अन्तिम साता अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुपनि एमसीसी कार्यान्वयनका विषयमा छलफल गर्न नेपाल आएका थिए। अमेरिकाले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालका राजनीतिक दलहरुलाई ताकेता गरिरहेको छ।
एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ। हालको सत्ता गठबन्धनले १२ बुँदे व्याख्यात्मक घोषणासहित २०७८ साल फागुन १५ गते संसदबाट एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो।

.gif)



फेसबुक पेज Like गर्नुहोस