कोरोना कहर : कोरिया जाने र फर्कने नेपालीलाई कडा निगरानी
खबर एक्सप्रेस
२०७६-११-२३ ०६:३१ मा प्रकाशित
Total Shares: 328
काठमाडौं - दक्षिण कोरिया, जापानलगायत कोरोना भाइरस (कोभिड–१९) संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन् ।
सरकारले कोरिया, जापान, चीनलगायत केही देशबाट नेपाल आउने नेपालीलाई समेत होस क्वारेन्टाइनम बस्नुपर्ने नियम बनाएको छ ।
कोरोना भाइरसको रोकथाम, नियन्त्रण र सजगता अपनाउन सरकारले यस्ता श्रम गन्तव्यबाट आउने नेपालीलाई थप निगरानीमा राखेको हो ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोारोना प्रभावित देशका विदेशस्थित आफ्ना नियोगलाई पत्राचार गरेर स्वदेश फर्कने नेपालीलाई थप निगरानीमा राखिने जनाएको छ ।
कारोबार दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस