पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर भएको छैनः चिकित्सक
खबर एक्सप्रेस
२०७७-११-१७ ११:३१ मा प्रकाशित
Total Shares: 277
काठमाडौं - पूर्वप्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराई न्युरो-इन्क्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए ।
उनका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेका अनुसार बायोप्सी परीक्षणका क्रममा उनलाई क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।
चिकित्सकले क्यान्सर नभएको निष्कर्ष निकाले पनि ट्युमरलाई भने दुईरतीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नुपर्ने बताइएको छ ।
परीक्षण सकिएकाले भट्टराई मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने पनि उनका सल्लाहाकार पाण्डेले जानकारी दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस