सरकारको गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लाग्यो : नारायणकाजी श्रेष्ठ
काठमाडौं - नेकपा माओवादी नेता नारायणकाजी श्रेष्ठले सबैलाई आम नागरिकलाई कोरोना संक्रमणबाट बचाउन र जीवन रक्षा गर्न आह्वान गरेका छन् ।
नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थालेको बताउँदै उनले सरकारलाई श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज वितरण गर्न समेत आग्रह गरे ।
‘६० भन्दा बढी जिल्लामा निषेधाज्ञा लागिसकेको स्थितिमा गरीव , बिपन्न र श्रमजीवी परिवार रोगले मात्र होइन ,भोकले समेत बाँच्न नसक्ने स्थितिमा पुग्दैछन् ।अर्थतन्त्र ध्वस्त हुने खतरा देखिदैछ। तसर्थ, श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज अपरिहार्य छ भने अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाको लागि पनि बिषेश योजना आवश्यक छ।’ श्रेष्ठले सामाजिक सञ्जालमार्फत् भने ।
सरकारको कारण स्थिति काबुतिर जान लागेको उनको भनाई छ । ‘कोरोनाको महामारी भयावह भयो।नेपाल संक्रमण र मृत्यु दर दुवै कोणबाट बिश्वकै अग्रपंक्तिमा देखिन थाल्यो। सरकारको समयमै आवश्यक कदम नचाल्ने र तयारी नगर्ने गैरजिम्मेवार रवैयाले स्थिति कावु बाहिर जान लाग्यो।’ श्रेष्ठले थपे ।
उनले कोरोना नियन्त्रणलाई सरकार र राजनीतिक पार्टीहरुले पहिलो र मुख्य कार्यभार बनाउनुपर्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस